
माङसेबुङ । नेपालले आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा लज्जास्पद हार बेहरेको छ ।
बिहिवार वानखेडे रंगशालामा भएको खेलमा इटालीसँग नेपाल १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ओभरको खेलमा १९.३ ओभरमा अलआउट भएको थियोे ।








