आईसीसी टी–२० विश्वकपको उपाधि भारतले तेस्रोपल्ट जित्यो - Mangsebung News
  • बुधबार, फागुन २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकपको उपाधि भारतले तेस्रोपल्ट जित्यो

माङसेबुङ । भारतले तेस्रोपल्ट आईसीसी टी–२० विश्वकपको उपाधि चुमेको छ ।

भारतले आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि ९६ रनको जित निकाल्दै इतिहास रचेको छ ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

योसँगै भारत सबैभन्दा बढीपल्ट विश्वकप जित्ने पहिलो टोली बनेको छ । अहिलेसम्म यसअघि भारतसँगै इङ्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपल्ट विश्वकप जितेका थिए ।

यसअघि भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो । इङ्ल्यान्डले २०१० र २०२२ तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा विश्वकप जितेका थिए ।

सम्बन्धित खवर