स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई - Mangsebung News
  • मङ्गलबार, जेठ २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई

माङसेबुङ । बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २९औं स्पेनिस ला लिगा उपाधि चुमेको छ ।

आइतबार क्याम्प नोउमा रियल मड्रिडमाथि २–० को सहज जित निकाल्दै बार्सिलोनाले ला लिगा उपाधि चुमेको हो ।

बार्सिलोनालाई जित दिलाउन मार्कस रासफोर्डले नवौं मिनेटमा र फेरान टोरेसले १८औं मिनेटमा गोल गोल गरे । यो नतिजापछि तीन खेल बाँकी रहँदा बार्सिलोनाले आफ्नो कट्टर प्रतिद्वन्द्वी रियलमाथि १४ अंकको अपराजेय अग्रता बनाएको छ ।

बार्सिलोनालाई उपाधि सुनिश्चित गर्न बराबरी नै पर्याप्त हुने अवस्था थियो । क्याटलान क्लबले पछिल्ला चार सिजनमध्ये तेस्रो पटक ला लिगा जितेको हो ।

ला लिगामा सर्वाधिक ३६ उपाधि जितेको रियल भने लगातार दोस्रो सिजन कुनै ठूलो उपाधिविहीन बन्न पुगेको छ । बार्सिलोनाविरुद्धको हारले रियलको निराशाजनक सातालाई थप पीडादायी बनाएको छ ।

सम्बन्धित खवर