सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी, तोडे स्टार्कको कीर्तिमान - Mangsebung News
  • सोमबार, जेठ ०४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी, तोडे स्टार्कको कीर्तिमान

माङसेबुङ । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । उनले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् ।

यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए ।

सम्बन्धित खवर