साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात - Mangsebung News
  • सोमबार, जेठ ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

माङसेबुङ । नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा भुटानलाई १–० ले हराउँदै नेपालले कठिन जित निकालेको हो ।

योसँगै समूह ‘ए’मा रहेको नेपालले ३ अंक जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध २१ मेमा खेल्नेछ ।

नेपालले खेलको २३औं मिनेटमा अग्रता लिएको थियो । डिफेन्डर गीता रानाको प्रहार विपक्षी खेलाडी दोर्जी इडनलाई लाग्दै गोलमा परिणत भयो ।

सम्बन्धित खवर