
माङ्सेबुङ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।
नेपालले सुरुका दुई सेट २२–२५ र २३–२५ ले गुमायो । तेस्रो सेट २५–१५ ले जित्दै पुनरागमन गरेको नेपालले चौथो सेट २२–२५ ले पुनः गुमायो ।
योसँगै भारतले कांस्यपदक सुनिश्चित गर्दा नेपाल भने पदकविहीन भएको छ । जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार दोस्रोपल्ट पराजित भएको हो ।







