च्याम्पियन्स लिगको उपाधि पीएसजीलाई - Mangsebung News
  • आइतबार, जेठ १७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिगको उपाधि पीएसजीलाई

माङसेबुङ । च्याम्पियन्स लिगको उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले चुमेको छ ।

शनिबार राति भएको उपाधि भिडन्तमा आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि चुमेको हो ।

योसँगै पीएसजीले लगातार जित हासिल गर्दै उपाधि रक्षा गरेको छ । निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो ।

खेलको सुरुआतमै काइ हाभट्र्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, क्रिस्थियन मोस्केराले उस्मान डेम्बेलेमाथि फउल गरेपछि पीएसजीले पेनाल्टी पायो । डेम्बेलेले त्यसलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

सम्बन्धित खवर