नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल - Mangsebung News
  • आइतबार, जेठ १७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल

माङसेबुङ । चीनसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल भएको छ ।

आइतबार भएको खेलमा चीनसँग डीएसएस मेथडअनुसार ५ विकेटले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल भएको हो । नेपाल आईसीसीको वरीयतामा २१औं स्थानमा रहेको टोली हो । चीन भने ४२औं स्थानमा छ ।

नेपालले दिएको ४४ रनको लक्ष्य पछ्याएको चीनले ७ ओभरमा ५ विकेट गुमाउँदै ४५ रन बनाएको हो ।

एसियन गेम्समा छनोट हुन कम्तीमा तेस्रो स्थान हात पार्नुपर्ने थियो । तर, सेमिफाइनलमा मलेसियासँग २ विकेटले पराजित हुँदै तेस्रो स्थानमा खेल्न पुगेको नेपाललाई चीनले पनि पराजित गरसँगै नेपालको एसियन गेम्सको ढोका बन्द भयो ।

सम्बन्धित खवर