आईपीएलको उपाधि लगातार दोस्रो पटक रोयल च्यालेन्जर्स बैंग्लोरलाई - Mangsebung News
  • सोमबार, जेठ १८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएलको उपाधि लगातार दोस्रो पटक रोयल च्यालेन्जर्स बैंग्लोरलाई

माङसेबुङ । साबिक बिजेता रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चुमेको छ ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आईतबार भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंग्लोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि चुमेको हो ।

गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १८ ओभरमा १६१ रन बनायो । बैंग्लोरको जितमा विराट कोहलीले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै वैंकटेश आय्यरले ३२ रन, टिम डेभिडले २४ रन र कप्तान रजत पाटीदारले १५ रन बनाए । जितेश शर्मा ११ रनमा अविजित रहे ।

गुजरातका राशिद खानले सर्वाधिक २ विकेट लिए । यस्तै मोहम्मद सिराज, कागिसो रबडा र अर्शद खानले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो ।

वाशिंगटन सुन्दरले अविजित ५० रन बनाए । यस्तै कप्तान शुभमन गिलले १२ रन, साई सुदर्शनले १० रन, निशान्त सिन्धुले २० रन, जोस बटलरले १९ रन, अर्शद खानले १५ रन र राहुल तेवाटियाले ७ रन बनाए ।

बैंग्लोरका रसिक सलामले सर्वाधिक ३ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र जोश हेजलवुडले दुई–दुई विकेट लिए ।

सम्बन्धित खवर