
माङसेबुङ । नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आइतबार भएको समूह ‘ए’ को अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो । भुटान भने यसअघि नै श्रीलंकालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । श्रीलंका भने अंकविहीन रह्यो ।
नेपाललाई जित दिलाउन स्ट्राइकर रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले गोल गरेकी हुन् । रश्मीले इन्जुरी समयमा रेखा पौडेलले दिएको क्रसमा गोल गद अग्रता दिलाएका हुन् । यस्तै खेलको ६२औं मिनेटमा रेनुका नगरकोटेले अर्को गोल गर्दै नेपाललाई सहज जित दिलाईन् ।
रेनुकाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । नेपालले फाइनल प्रवेश गर्न बुधबार समूह ‘बी’को उपबिजेता बंगलादेशसँग खेल्नेछ ।







