
माङसेबुङ । नेपालले एसीसी प्रिमियर कपमा सानदार विजयी सुरुवात गरेको छ ।
बुधबार भएको खेलमा कतारलाई ८ विकेटले पराजित गर्दै गरेको नेपालले सानदार विजयी सुरुवात गरेको हो ।
कतारले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै ७८ रन बनायो ।
नेपालकी ओपनर बिन्दुले सर्वाधिक ३३ रन बनाइन् । यस्तै उपकप्तान पूजा महतो २८ रनमा अविजित रहिन् । कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहँदा सम्झनाकुमारी खड्का ३ रनमा पेभिलियन फर्किइन् ।
जितसँगै नेपालले समूह ‘डी’मा २ अंक जोडेको छ । अब नेपालले बिहीबार भुटान र शनिबार हङकङसँग खल्नेछ ।







