
माङसेबुङ । नेपाल बंगलादेशसँग पराजित हुँदै साफ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल १० वर्षपछि पहिलोपल्ट फाइनलमा पुग्न चुकेको हो ।
बंगलादेशको जितमा ऋतु पोर्णा चक्मा र मोसम्मत सागोरिकाले गोल गरिन् । नेपालकी गीता रानाले सान्त्वना गोल गरिन् ।
अन्तिमपल्ट नेपाल २०१६ मा भारतसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो । योसँगै बंगलादेश उपाधिमा ह्याट्रिकतर्फ उन्मुख भएको छ । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०२२ र २०२४ भएको संस्करणमा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि उठाएको थियो ।
खेलको २३औं मिनेटमा गीताको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो । तर, नेपालले उक्त अग्रता टिकाउन सकेन । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ऋतुले कर्नरमार्फत गोल गर्दै बंगलादेशलाई खेलमा फर्किईन् ।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयको तेस्रो मिनेटमा हुलमुलमा सागोरिकाको गोलमा बंगलादेशले जित सुनिश्चत ग¥यो ।







