
- आन्छुमे नसान
माङसेबुङ । गायिका डेनी इम्सङ र गायक राजु आङदेम्बेको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाका गित ‘के राम्री अचम्मै’ सार्वजनिक गरिएको छ ।
एस. पी. निङलेकुको शव्द संकलन तथा राजु आङदेम्बेको लया संकलन रहेको पुर्वेली गित ‘के राम्री अचम्मै’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जुम लेन्स प्रडक्शनको पोष्ट प्रडक्शनमा र कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा डेनी इम्सङ र राजु आङदेम्बेले नै फिचरिङ गरेका छन् ।
श्याम लिम्बूको संगीत संयोजनमा श्रद्धा रेकर्डिङ स्टुडियो र म्युजिक मिडिया धरानमा रकर्डिङ गरिएको गितको मिक्सिङ राजु कार्कीले गरेका छन् ।
भिडियो हेर्नुहोस…







