
- आन्छुमे नसान
माङसेबुङ । गायिका मनु नेम्बाङ र गायक असल तुम्रोकको सुमधुर आवाजमा सजिएको पालाम ‘अम्लारिफुङ’ सार्वजनिक गरिएको छ ।
हस्त बहादुर लिम्बू लिबाङको शव्द संकलन तथा असल तुम्रोकको लय संकलन रहेको लिम्बू संस्कृतिमा आधारित पालाम ‘अम्लारिफुङ’ विश्व शान्ति फिल्म्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
लोकेन साम्बा लिम्बूको निर्देशनमा अरुण बरुण न्योपानेको छायांकन, सन्ध्या नेम्बाङको मेकअप र गौतम राज खड्काको सम्पादन रहेको भिडियोमा मनु नेम्बाङ, हस्त बहादुर लिम्बू लिबाङ, गीता पालुङवा ‘इक्सा’ असल तुम्रोक, मनु पाहिम, प्रदिप योङहाङ, मनु थक्लुङ, भिष्मा योङहाङ, रीता लक्सम, चन्द्रकला वनेम, हर्क घिसिङ, अभिषेक पालुङवा, बिमला इवारम, हस्त लिवाङ, एन्जिला नेम्बाङ, किम सेनेहाङ र मन माया आङबुहाङले अभिनय गरेका छन् ।

श्याम लिम्बूको संगीत संयोजनमा एभरेष्ट डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालामको मिक्सिङ राजु कार्कीले गरेका छन् ।
हस्त बहादुर लिम्बू लिबाङ र मनु नेम्बाङको ख्याली समेत रहेको पालाम भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।
पालाम हेर्नुहोस…







