एसीसी प्रिमियर कपमा भुटानमाथि नेपालको सानदार जित - Mangsebung News
  • बिहिबार, जेठ २१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी प्रिमियर कपमा भुटानमाथि नेपालको सानदार जित

माङसेबुङ । एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानमाथि सानदार जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा भुटानलाई ५१ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनायो ।

भुटानका लागि डेचेन वाङ्मोले सर्वाधिक अविजित ३९ रन बनाइन् । चाडो ओमले ११ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् । यस्तै रिया शर्माले २ तथा कविता कुँवर र मनिषा उपाध्यायले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन् । यस्तै रुबिना क्षेत्रीले २४ रन, सोनी पाख्रिनले १३ रन, र सम्झना खड्काले १० रन बनाइन् ।

भुटानका लागि सोनाम र छिरिङ जाङ्मोले ३–३ विकेट लिए । यस्तै कप्तान अन्जु गुरुङले २ तथा रित्सी छोडेन र रिया प्रधानले १–१ विकेट लिए ।

नेपालले बुधबार पहिलो खेलमा कतारलाई हराएको थियो । अब अर्को खेलमा नेपालले शनिबार हङकङसँग खेल्नेछ ।

 

सम्बन्धित खवर