साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जित्यो - Mangsebung News
  • शनिबार, जेठ २३, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जित्यो

माङसेबुङ । साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि भारतले चुमेको छ ।

भारतको गोवास्थिते जवहरलाल नेहरु रंगशालामा शनिबार भएको फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले पराजित गर्दै प्रतियोगिताको इतिहासमा आफ्नो छैटौं उपाधि उचालेको हो । भारतले ७ वर्षपछि उपाधि जितेको हो ।

भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले गोल गरिन् । बंगलादेशकी रितु चक्माले एक गोल फर्काइन् ।

यस अघि २०१९ को संस्करणमा नेपाललाई ३–१ ले हराउँदै भारतले पाँचौंपल्ट उपाधि जितेको थियो । त्यसयताका दुई संस्करणका भारतलाई सेमिफाइनलमा नेपालले नै रोकेको थियो । यसपल्ट बंगलादेशले नेपाललाई सेमिफाइनलमै २–१ ले रोक्यो ।

यता, लगातार तेस्रो उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश भने उपविजेतामै सीमित रह्यो ।

सम्बन्धित खवर