
माङसेबुङ । नेपालले एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार बेहोरेको छ ।
शनिबार भएको समूह चरणको आफ्नो अन्तिम नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो ।
हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट भयो ।
नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
हङकङका लागि इकरा सहरले सर्वाधिक ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २–२ विकेट लिए । सिउ मेइ र जोइलिन धलिवालले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
हङकङका लागि यासमिन दसवानीले अविजित रहेर सर्वाधिक ४२ रन बनाइन् । मारिको हिलले २९ रन बनाइन् । मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।
नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिए । नेपाल यसअघिनै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । एसिया कपमा छनोट हुनका लागि सेमिफाइनलसम्म पुग्नुपर्छ ।







