नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा प्रवेश - Mangsebung News
  • आइतबार, जेठ २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा प्रवेश

माङसेबुङ । नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ ।

सिंगापुरको सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा ओमानमाथि ८ विकेटको सहज जित हासिल गर्दै नेपाल फाइनलमा गरेको हो ।

ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । यस्तै रोहित पौडेलले २१ रनमा अविजित रहँदा कुशल भुर्तेलले २० रन अनि आसिफ शेखले १ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै सोमपाल कामी, सन्दीप लामिछानेले २–२ विकेट लिए । यसैगरी शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १–१ विकेट लिए ।

 

सम्बन्धित खवर