
माङसेबुङ । क्यानडा फिफा विश्वकप २०२६ मा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् ।
क्यानडाका लागि काइल लारिनले दोस्रो हाफमा गोल गरेका हुन् । यसअघि बोस्निया एन्ड हर्जगोभिनाका जोभो लुकिचले खेलको २१औं मिनेटमा हेडमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
तर, बोस्निया एन्ड हर्जगोभिनाले त्यो अग्रता जोगाउन नसक्दा खेल बराबरीपछि दूबै टोलीले अंक बाँडेको हो ।







