फिफा विश्वकप : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो - Mangsebung News
  • आइतबार, जेठ ३१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो

माङसेबुङ । पाँच पटकको विश्वविजेता ब्राजिल पिफा विश्वकप २०२६ को पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको हो ।

छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

इस्माइल साइबारीले खेलको २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ब्राजिलले खेलको ३२औं मिनेटमा भिनिसियस जुनियरको गोलमा बराबरी गोल फर्कायो ।

सम्बन्धित खवर