
माङसेबुङ । जर्मनीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा डेब्युटान्ट कुरासाओमाथि शानदार जित हासिल गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह इ को खेलमा चार पटकको विश्व विजेता जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ ले पराजित गर्दै शानदार जित हासिल गरेको हो ।
ले विश्वकपमा डेब्यु गर्दै पूर्व च्याम्पियन विरुद्ध गोलको खाता खोल्न सफल भएपनि गोलको वर्षा भने रोक्न सकेन ।
जर्मनीको जितमा लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन, डेनिज उन्डाभले एक–एक गोल गरे । कुरासाओका लिभानो कोमेनेन्सियाले एक गोल फर्काए ।
जर्मनीले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको थियो । कुरासाओले भने पहिला हाफमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएका थिए । त्यसपछि भने जर्मनीले गोलको बर्ष गरेको थियो ।







