फिफा विश्वकप : जापान नेदरल्यान्ड्ससँग बराबरीमा रोकियो - Mangsebung News
  • आइतबार, असार ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : जापान नेदरल्यान्ड्ससँग बराबरीमा रोकियो

माङसेबुङ । जापान फिफा विश्वकप २०२६ मा नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको छ ।

डलास स्टेडियममा भएको खेलमा दुईपटक पछाडी परेको अवस्थामा कमव्याक गर्दै जापान नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको हो ।

जापान र नेदरल्यान्ड्स खेल २–२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।

नेदरल्यान्ड्सका लागि भर्जिल भान डाइक र क्रिसेन्सो समरभिलल गोल गरेका थिए । जापानका लागि भने केइतो नाकामुराले र डाइची कामाडाले गोल गरेका थिए ।

सम्बन्धित खवर