
माङसेबुङ । स्पेन जापान फिफा विश्वकप २०२६ मा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग बराबरीमा रोकिएको छ ।
अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
केप भर्डेले आफ्नो डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गर्दै उपाधि दाबेदार स्पेनलाई गोल गर्नबाट रोकेको छ ।
युरोपियन च्याम्पियन तथा विश्वकपको मुख्य दाबेदारमध्ये एक मानिएको स्पेनलाई रोक्न ४० वर्षीय गोलरक्षक भोजिन्हाले खेलभर सानदार प्रदर्शन गरे ।







