फिफा विश्वकप : बेल्जियम इजिप्टसँग बराबरीमा रोकियो - Mangsebung News
  • मङ्गलबार, असार ०२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : बेल्जियम इजिप्टसँग बराबरीमा रोकियो

माङसेबुङ । बेल्जियम फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको छ ।

सिएटल स्टेडियममा भएको खेलमा इजिप्टको आत्मघाती गोलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६औं मिनेटमा इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नो गोलपोष्ट छिरेपछि इजिप्ट बराबरीमा रोकिनु पर्यो ।

सम्बन्धित खवर