
माङसेबुङ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार जित हासिल गरेको छ ।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै शानदार जित हासिल गरेको हो ।
छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरे । साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे ।
उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । मेसीले विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान समेत बनाएका छन् । यसअघि पवर्चुगलका क्रिस्टियानो रोनाल्डोले ३३ वर्ष १३० दिन हुँदा ह्याट्रिक गरेका थिए । मेसीले अल्जेरिया विरुद्ध विश्वकपमा ह्याट्रिक गर्दा उनी ३८ वर्ष ३५७ दिनका थिए ।







