फिफा विश्वकप : पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकियो - Mangsebung News
  • बिहिबार, असार ०४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकियो

माङसेबुङ । पोर्चुगलले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा डिआर कंगोसँग बराबरीमा रोकिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समुह के को खेलमा पोर्चुगल डिआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो ।

पोर्चुगलका लागि जोआओ नेभेसले गोल गरे । डिआर कंगोका लागि भने योहान विसाले गोल गरे ।

पोर्चुगलका लागि जोआओ नेभेसले पेड्रो नेटोको क्रसमा हेड मार्फत छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले पहिलो हाफको इन्जुरी समयमा योहान विसाको गोलमा बराबरी गोल फर्कायो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरेपनि उनले गोल भने गर्न सकेनन् ।

सम्बन्धित खवर