
माङसेबुङ । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा शानदार जित हासिल गरेको छ ।
डालास स्टेडियममा भएको खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै इंग्ल्यान्डले शानदार जित हासिल गरेको हो ।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनको दुई गोल गरे । यस्तै जुड बलिङहम र मार्कुस रासफोर्डले एक–एक गोल गरे । क्रोएसियाका लागि मार्टिन बाटुरिना र पिटर मुसाले एक–एक गोल गरे ।
खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो । जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ ।







