
माङसेबुङ । ब्राजिलले फिफा विश्वकप २०२६ मा शानदार जित हासिल गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीबिरुद्ध ३–० को शानदार जित हासिल गरेको हो ।
ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई गोल तथा भिनिसियस जुनियरले एक गोल गरे । जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलको २ खेलबाट ४ अंक हुँदा समान ४ अंक भएको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।
दुई खेलमा ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेसँगै हाइटीको नकआउट चरणबाट बाहिरिएको छ ।







