
माङसेबुङ । जर्मनीले फिफा विश्वकप २०२६ मा पुनरागमन जित हासिल गरेको छ ।
समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोमो भएको खेलमा आइभरी कोस्टविरुद्ध २–१ को पुनरागमन जित हासिल गरेको हो । लगातार दोस्रो जितपछि जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि सन् २०१४ मा ब्राजिलमा विश्वकप उपाधि जितेपछि जर्मनी पहिलो पटक नकआउट चरणमा पुगेको हो ।
आइभरी कोस्टका लागि भने कप्तान फ्रान्क कसीले एक गोल गरे । कसीले पहिलो हाफमा अग्रता दिलाएको आइभरी कोस्टले अग्रता कायम राख्न नसक्दा हार बेहोर्नु पर्यो ।







