
माङसेबुङ । जापानले फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा शानदार जित निकालेको छ ।
जापानले मेक्सिकोको मोन्टेरेमा भएको खेलमा ट्युनिसियामाथि ४–० को शानदार जित हात पारेको हो ।
जापानको जितमा असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल गरे । जापानले समूह एफमा यो पहिलो जतिपछि नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५–१ ले पराजित भएको थियो ।







