
माङसेबुङ । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा जाापनलाई २–१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।
ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित हात पारेको हो । ब्राजिलको जितमा कासेमिरो र गाब्रीएल मार्टीनेलीले गोल गरे । जापानका लागि काइसु सानोले गोल गरे ।
काइसु सानोले २९औं मिनेटमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो । ब्राजिलका लागि मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा हेड मार्फत गोल गर्दै बराबरीमा फर्काए ।
त्यसपछि मार्टीनेलीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा निर्णायक गोल गरे । ब्राजिलले अब आइभरी कवस्ट र नर्वेबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।







