फिफा विश्वकप : जर्मनीलाई सडन डेथमा हराउँदै पाराग्वे अन्तिम १६ मा - Mangsebung News
  • मङ्गलबार, असार १६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : जर्मनीलाई सडन डेथमा हराउँदै पाराग्वे अन्तिम १६ मा

माङसेबुङ । चार पटकको विजेता जर्मनीलाई सडन डेथमा हराउँदै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा जर्मनीलाई सडनडेथमा ४–३ ले हराउँदै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।

पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाई ब्रेकरमा धकेलिएको थियो ।

पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टी सुटआउटमा गोल गरे । जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे ।

काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाए भने जोनाथन ताहाको प्रहार पोस्ट भन्दा बाहिर गयो ।

यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए ।

पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

सम्बन्धित खवर