
माङसेबुङ । नेदरल्यान्ड्सलाई टाईब्रेकरमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
ग्वाडालाजार स्टेडियममा भएको खेलमा टाईब्रेकरमा नेदरल्यान्ड्सलाई ३–२ ले हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।
निर्धारित र अतिरिक्त समयमाको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरमा धकेलिएको हो ।
टाईब्रेकरमा मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे । नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो ।

यस्तै नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए । जस्टिन क्लुइभर्टले पनि पेनाल्टी पोस्टमा लागेर बाहिरियो भने क्विन्टन टिम्बरको प्रहार पनि बाहिरियो । क्रइसेन्सियो समरभिलको प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले बचाए ।
यसअघि कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् । तर, इन्जुरी समयमा मोरक्कोका इसा डिओपले गोल गर्दै खेल १–१ को बराबरीमा पु¥याएका हुन् ।
मोरक्कोले अन अन्तिम १६ मा सहआयोजक क्यानडासँग खेल्नेछ ।







