
माङसेबुङ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ । ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो ।
नर्वेको जितमा हालान्डले खेलको ७९औं मिनेटमा र ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २–० को अग्रता दिलाए । ब्राजिलका लागि नेमारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
नर्वे ब्राजिलसँग अहिलेसम्म खेलेको सबै खेल (५)मा अपराजित छ । नर्वेले अब इंग्ल्यान्डसँग क्वाटरफाइनल खेल्नेछ ।







