पान्थर । सागर केरुङको लेखन तथा यलम्बर खम्बुको निर्देशनमा निर्माण गरिएको लिम्बू कथानक चलचित्र ‘थिम’(संस्कार)को छायाँकन सम्पन्न भएको छ ।
पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको उक्त चलचित्रको आइतबार अन्तिम छायाँङकन गरिएको हो ।
याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित उक्त चलचित्र यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाले निर्माण गरेका छन् ।
मुख्य साहायक निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् ।
चलचित्रमा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।
त्यसैगरी बिक्रम डिसिको छायाँङकन, बिक्रम याम्फुको ड्रोन अपरेटर रहेको चलचित्रका गीतहरुको नृत्य निर्देशक दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ रहेका छन् ।
बरदान संगीतालयका कलाकारहरुको नृत्य रहेको चलचित्रमा सागर केरुङद्वारा रचित गीतमा संगीत बुद्धराज लिम्बूले भरेका छन् भने मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे लगायत कलाकारहरुले आवाज भरेका छन् ।
यसरीनै शृङ्गारमा सन्तोस रिजाल, प्रकाशमा मिलन खड्का र ब्यवस्थापनमा सुबास केरुङ नुनाम रहेका छन ।
करिव ३० लाख लगानीमा निर्माण भएको उक्त चलचित्र थिम् आगामी सिसेक्पा तङनाम (साउने सक्रान्ती) सम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।