फुट्यो जनता समाजवादी पार्टीे, ७ सांसदसहित अशोक राई समूह निर्वाचन आयोगमा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फुट्यो जनता समाजवादी पार्टीे, ७ सांसदसहित अशोक राई समूह निर्वाचन आयोगमा

वैशाक २३, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ ।

आइतबार पार्टीका नेता तथा संघीय परिषद् अध्यक्ष अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । उनी हाल अमेरिकाको भ्रमणमा रहेका छन् ।

यता वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी समेतको संलग्नतामा अशोक राई समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

नयाँ दलमा राई र सुडीसँगै प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ खुलेका छन् । दल दर्ताको निवेदन दिन उनीहरु सबै आयोग पुगेका थिए ।

केन्द्रीय अध्यक्षमा अशोक राई र संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जना पनि नयाँ दलमा रहेको सांसद प्रदीप यादवले जानकारी दिए ।

 

सम्बन्धित खवर