टिआरको शव्द तथा देउकृष्णको निर्देशनमा ‘सुनकेसरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टिआरको शव्द तथा देउकृष्णको निर्देशनमा ‘सुनकेसरी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २३, माङसेबुङ । निर्देशक कलाकार तथा निर्माता देउकृष्ण लिंखा याक्खाको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गित ‘सुनकेसरी’ सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी तथा गितकार टिआर सेनेहाङको शब्द, गायक तथा संगीतकार समिर सिंगकको संगीतमा गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको पुर्वेली गित ‘सुनकेसरी’ को म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको हो ।

बिमला खजुम लिम्बू र रोमियो पंधाकको मुख्य अभिनय रहेको भिडियोमा टिआर सेनेहाङ, निसाम तुम्बापो, आधुनिक देवान, सिता राई, रविन नाल्बो, नुमा मावोहाङ लिम्बू, नुनाम केरुङ लिम्बू, सुजन तुम्बापो लिम्बू, भोजमान तुम्बापो, प्रेम कुमारी लावती तुम्बापो, रुपा तुम्बापो र विशाल माङयुङ लगायतको समेत अभिनय रहेको छ ।

रोमियो फिल्मस्को निर्माणमा बनेको भिडियोमा कृष्ण सुवेदीको मेकअप, सुमन तामाङको छायांकन तथा ड्रोन, निश्चल कुलुङ राईको कला तथा प्रडक्शन कन्ट्रोल र अनिल रानाको सम्पादन रहेको छ ।

किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितको संगीत संयोजन तथा मिक्सिङ राजु कार्कीले गरेका छन् ।

पान्थरको रमणीय स्थल साधुटार, चोकमागु आसपासमा छायांकन गरिएको सामाजिक कथा बस्तुमा तयार पारिएको भिडियो रोमियो फिल्मस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर