- पदम सुखी सम्बाहाम्फे
कातिक १९, कुम्मायक । पान्थर जिल्लाको दक्षिणी भेग कुम्मायक गाउँपालिकामा बसोबास गरिरहेका मगर जातिहरु यश बर्ष साँस्कृतिक रूपमा अघि बढेका छन ।
शुक्रवार आयोजित यासोक बजारको परिसर भित्र मगर जातिमा नाचिने हु¥रा नाच प्रदर्शन गरिएको थियो । भेषभुषा सस्कार सस्कृती कला र सीप हाम्रो गौरव, मगरात भुमिमा मगर स्वयात्त सरकार हाम्रो पहिचान लेखिएको ब्यानर राखेर सो नाच प्रस्तुत गरिएको थियो ।
मगर समुदायको संस्कार अनुसार तिहारे औसींको रातदेखि देउसी भैलो खेल्ने क्रमसङ्गै नाच सुरु भएर एकादशी तिथिको दिनमा उक्त नाच नाची बिधिवत रूपमा समापन हुने मगर संघ कुम्मायक गाउँपालिका कार्य समिति अध्यक्ष असोक रानामगरले बताए ।
पाँच वटा वडा रहेको गाउपालिकामा १, २ र ५ नम्बरको वडामा जम्मा ९० घरधुरी भएको सो समुदायको जम्मा जनसंख्या ४ सय ४५ जना रहेको साँस्कृतिक कार्यक्रमका सचीव चन्द्रबहादुर समाल मगरले बताए ।
विविध जातजातिहरुको बसोबास रहेको यश क्षेत्रमा लिम्बू समुदायमा नाचिने धाननाच प्रचलित रूपमा भएको तर राई जातिहरुमा नाचिने साकेला मगर जातिमा नाचिने हु¥रा र क्षेत्री बाहुन जातिले नाच्ने सङ्गिनी वालन अनि तामाङ जातिको घेदुङ जस्ता विविध ऐतिहासिक र परम्परागत रूपमा नाचिदै आएका नाचहरु नयाँ पुस्ताले नाच्न छोडेको बिज्ञहरुको चिन्ता छ ।
स्थानीय सरकारले हरेक बर्ष हरेक जातजातिका कला संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्न प्रेरित गरेको तर परम्परागत ऐतिहासिक आफ्ना कला संस्कृति संस्कारका पहिचानलाई जगेर्ना गर्न स्वयंम समुदाय अघि बढन नसकेको समाजसेवी तारानाथ सम्बाहाम्फेले बताए । यहाँनेर बसोबास गरिरहेका नेवार समुदायले आफ्नो कला संस्कृतिको त के कुरा मौलिक भाषा समेत बोल्न बिर्सन लागेको हो कि भन्ने डर भएको सम्बाहाम्फेको भनाइ थियो ।
शुक्रबार सम्पन्न भएको हु¥रा नाचलाई प्रोत्साहित गर्दै १ नम्बर वडा कार्यलयले ३ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरेको र बजारका विभिन्न ब्याबसायिहरु बाट पनि केही रकम हौसला स्वरुप सड्ढलन भएको नेपाल मगर संघ कुम्मायक गाउँपालिका गाउँकार्य समितिका कोषाध्यक्ष सरस्वती मगरले बताए ।
वडाको विभिन्न टोलको धुप्पिङ, ढाडे, भुल्के यासोक बजारको आसपासमा छरिएर बसोबास गर्दै आएका मगरजातिहरुको मुख्य पेशा कृषिनै भएपनि उनिहरुको आर्थिक तथा शैक्षिक अवस्था कम्जोर रहेको पाइन्छ । कार्यक्रममा १ नम्बर वडाका वडाअध्यक्ष देवेन्द्र लावती समाजसेवी तारानाथ सम्बाहाम्फे साथै सञ्चारकर्मी र विभिन्न पेशा ब्यवसाीयहरुको उपस्थिति रहेको थियो ।