काठमाडौं । कोरोना भाइरसको संक्रमित बिहीबार २ सय ७४ जना थपिएका छन् ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ६ हजार २ सय ४ जनाको पीसीआर परिक्षण गरिएको मध्ये २ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय २७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १४ हजार २ सय ४८ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ५२ जनाको ज्यान गएको छ ।