‘आरक्षण बचाउ आन्दोलन’ मा प्रहरी हस्तक्षेप - Mangsebung News
  • मङ्गलबार, पुष ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘आरक्षण बचाउ आन्दोलन’ मा प्रहरी हस्तक्षेप

काठमाण्डौ/लोकसेवा आयोगको विज्ञापनको विरुद्ध निरन्तर आन्दोलनरत ‘आरक्षण बचाउ आन्दोलन’ का अभियन्तामाथि प्रहरीले प्रकाउ गरेको छ ।
जुलुस काठमाडौंको भद्रकाली हुँदै सिंहदरबारतर्फ जादै गरेको बेला दमन गरी १९ जनालाई गिरफ्तार गरेको हो । प्रदर्शनमा आदिबासी, दलित, जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

प्रहरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, आदिवासी जनजाति महासंघ का. वा. अध्यक्ष गोविन्द छन्त्याल दलित गैसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, समाजवादी पार्टीका नेता दलमर्दन कामी, लगायतका अभियन्ता खगेन्द्र माखिम, लक्ष्मी थापा, महेश अधिकारी, रमेश थापामगर, जयकुमार मोक्तान, थाङसाङ लावती, उस्मार सुनार, सहेक विश्वकर्मा, सुखवीर थामी, कासिन्द्र यादव, कल्पना सुनार, हेमन्त राई, राकेश राई, बाङजु वाइबा तामाङ र ससिन थारुलाई पक्राउ गरेको छ ।
पक्राउ परेका १९ जनालाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

सम्बन्धित खवर