बाघको छाला ओढेर गर्जने टपरटुईयाँ स्यालहरु - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाघको छाला ओढेर गर्जने टपरटुईयाँ स्यालहरु

खुबै गतिलो शासकहरु भएको पो धाँक धक्कु लगाउँथे त । सबै चोरबाटो (फास्ट ट्रायाक) मार्फत, मात्र ऐंन कानुनको विधेयक ल्याउँदै पास गर्ने कमाउँनिष्टे शासकहरु, बाघ जस्तै शक्तिशाली भएको डुक्रन्थे र जाईलाग्ने गर्जनको धमाँस पो दिई टोपल्थे त हाउ स्याँठाहरु…!
अन्तः बाघ बन्ने रहरमा शासक बनि टोपल्ने, यी बामे शासकहरुलाई, आजभोलि यसो हेरि नियाँल्छु । स्याँठाः हिजोको पुर्व राजा ज्ञानेन्द्र शाहसंग बाः क्याना के डराउँदो रहेछन् । जसको दाह्रा र नङहरु उखेलिएका र काटिएका छन् । जाबो बेला–बेला त्यो डुक्रन्छ र गर्जन्छ । हिजोको शक्तिशाली भएको गन्ध फ्याँक्छ । २,४ जनाको यसो झुण्डहरु लिएर अघि–पछी दौडन्छ । उनको गर्जन र दौडाईले, बामे शासकहरुको मुटुको
पिल्लरहरु हल्लिन्दो रहेछन् । मुटुको धड्कनहरुको प्रेसरको गति बढेसी, उता सिंहदरबार, बालुवाटार र बल्खु दरबार, (कामकाजी कार्यालय धुम्बाराही) सबै एकसाथ तिनको नि पिल्लरहरु हल्लिन्दो रहेछन् । स्याँठाः बामे कमाउँनिष्टे शासकहरु, कति न शक्तिशाली बाघ जस्तै होलान् भन्या त, हिजोको त्यहीँ दाँत बंगरा, नङ्ग्रा झारेर खुईल्याईएको त्यो निरीह बबुरो ज्ञानेसंग पो, बाः डराई–डराई मरेर, उनेरुँको कट्टुभरी गुँ हग्दै र मुत्दै पो सिंहदरबार अनि बालुवाटारमा, मरेको बाघको छाला ओढेर मेन्जो शक्तिशाली बाघ भएको धमाँस र धक्कु दिदैं, शासक भई टोपलेको टपरटुईयाँ स्यालहरुपो बनेका रछन् । कठै…!
अन्तः यी स्याँठाहरुले जीउँदो बाघ देखे भने के गर्लान् ..? अब, थाहा भो त येनिहरु, शक्तिहीन भूतकालीन बाघ फोविया शासकहरु रहेछन् । अब जिउँदो बाघहरु जस्तै डुक्राउँने, गर्जने अनि साच्चिकै आक्रमण गर्ने पालो, यो देश भुमीपुत्र आम–आदिवासी जनजातीको हो । आउँनुस् एकसाथ मुक्तिकामी सह–कार्यको मुठ्ठी कसौं र लडौं । जाबो सिंगो राज्यनै मुठ्ठीमा लिने बेलाँ, त्यो आरक्षण कोटा अनि आई. एल. ओ. १६९ को लागी मात्र किन लडी रहने…???
फिरः हामेरुँले नि त्यो छिमेकी मोदी सरकारलेझैं, जम्बु काश्मिर अन्त्यको लागी धारा–३७० हुँईक्याई दिए जस्तै, हामेरुँ आम–आदिवासी जनजातीले, त्यो पृथ्वीनारायण शाहले सन्धी–सम्झौंता गरेको धारा–उपधाराहरु खारेज गरौं । घोषणा गरौं त । ईतिहासकालीन हामेरुँको त्यो सार्वभौंम सत्ता सम्पन्न लिम्बुवान राज्यसंग, उसले गरेको वि. स. (१८३१ साउन २२ गते, गरेको महा–सन्धी भंग भएको घोषणा गरौं र जम्बु–काश्मिर नियन्त्रणमा लिए जस्तै, हामेरुँले नि लिए कसो होला हाउ..? सम्बद्ध राजनीतिक कर्ता–हर्ता नेतृत्व नेताहरु हो..?
भनिन्छ नि, फलाम तातेकै बेला हथौड़ा मार्न सक्नु पर्छ रे । तव मात्र आफुले चाहेको, आकार निर्माण गर्न सकिन्छ के अबः अहिंसात्मक मेथोर्डमा मलामी जाने शैलीको राजनीति आन्दोलनले केही नि माखो मार्दैन । नाप्दै–नाप्दैन के । अबः साँच्चिकै हिंस्रक बाघ बन्नुको एक रत्ति विकल्प नो के । मलामी जाने आन्दोलनले, यी बाघ फोबिया शासकहरु, हच्किने, निहुँरिने भन्दानि, झन् बलशाली हुनेछन् । हेक्का राखौं । बुझौं के । उहीँ भुतकालीन ज्ञाने जस्तै मात्र डुक्रीने, गर्जिने हो भने, भन्नू केही छैन । नत्र साँच्चिकै बाघ बन्नेनै हो र गर्जिने हो भने, आक्रामक हुनु पर्यो र आक्रमण पनि गर्नु पर्यो नि त.?

 

                                                                                                                                        ✍….. विक्रम फागो वनेम 

                                                                                                                                       lojimaphago@gmail.com

सम्बन्धित खवर