
- आन्छुमे नसान
माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा अनिस सुब्बा र अनिता राजबंशीद्वार अभिनित रोमान्टिक गित ‘अम्लिसोको कुचो’ सार्वजनिक गरिएको छ ।
अनिस भटराईको शव्द तथा संगीतमा गायिका श्रेयसी चेम्जोङ र गायक धिरेन बोखिम लिम्बूको सुमधुर आवाजमा सजिएको गित ‘अम्लिसोको कुचो’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गणेश लिम्बूको कोरीयोग्राफीमा सुजन श्रेष्ठको छायांकन, गोपाल नेपालीको सहायक छायांकन रहेको भिडियोमा एम के योङहाङ, गणेश लिम्बू, शिखा लिम्बू, दिपिसा राय, कुसुम लिम्बू, बिध्या राई, जुनु हाङमा फियाक र दीपा योङहाङले समेत अभिनय गरेका छन् ।

प्रेम र कमेडीको मिश्रण गरि तयार पारिएको रोमान्टिक भिडियोमा पासाङ योञ्जनको मेकअप, सुकन राई क्यामरा टेकर, निश्चल कुलुङको कला, एम के सुब्बाको प्रडक्शन रहेको भिडियोमा योगेश दहालको सम्पादन तथा कलर रहेको छ ।
मनोज साङसोन राईको संगीत संयोजन रहेको गितलाई रेकडिएङ तथा मिक्सिङ सुरेश राईले गरेका हुन् ।
पछिल्लो समय कुवेतलाई कर्मथलो बनाएका निर्देशक तथा मोडल कलाकार अनिस सुब्बा केशि समयको लागि नेपाल आएको बेला छायांकन गरिएको भिडियो ओएस म्युजिक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…





