सुनिता र ज्वालाको ‘राई कान्छा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, पुष १७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र ज्वालाको ‘राई कान्छा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सुनिता थेगिम र गायक ज्वाला राईको आवाजमा प्रेमिल रोमान्टिक गित ‘राई कान्छा’ सार्वजनिक गरिएको छ ।

विजय मगरको शव्द तथा शाहिल लिम्बूको संगीतमा सजिएको रोमान्टिक गित ‘राई कान्छा’ को म्युजिक भिडियो गायककै युट्यूव च्यानल ज्वाला राईबाट सार्वजनिक गरिएको हो ।

किरण चाम्लिङको निर्देशन तथा मौसम हिमालीको कोरीयोग्राफी रहेको भिडियोमा ज्वाला राई भुमिका मगरले अभिनय गरेका छन् ।

लिम्बू समुदाय र राई समुदायको संस्कृतिलाई फ्युजन गरि तयार पारिएको गितको भिडियोमा समेत लिम्बू समुदायको पालाम, केलाङ देखि लिएर राई समुदायको साकेला समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

बिसाल थापाको छायांकन, शम्शेर लामाको मेकअप र अनिल रानाको सम्पादन तथा कलर रहेको भिडियोमा दावा लामा, अभि राई, उदय बेघा र बिवेक बेघाले समेत अभिनय गरेका छन् ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् । गितमा दीपा सुहाङ, दीपा तामाङ, शाहिल लिम्बू, विजय मगर र राजु बाह्रकोटीको समेत आवाज समावेश गरिएको छ ।

लिम्बूनी कान्छी र राई कान्छाले लुकीछिपी गरेको प्रेममा द्वन्द समेत समावेश गरिएको भिडियोको इन्डिङ भने नाटकीय रुपमा गरिएको छ । लिम्बू समुदायको कल्चर र राई समुदायको कल्चर भरपुर मात्रामा देख्न पाइने भिडियो निक्कै नै उत्कृष्ट बनेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर