
माङसेबुङ । पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ ज्युको गुरु दर्शन भेट गर्नुभएको छ ।
आइतबार माङसेबुङ ५, लारुम्बा अवस्थित गुरु निजि आश्रमको दर्शनशालामा पुगेर केरुङ दाजुभाइले किरात धर्मगुरुज्युको दर्शन भेट गर्नुभएको हो ।
नेपाल संस्कृत विश्व बिद्यालयबाट ‘लिम्बू लोक पद्यमा रस विधान’ विषयमा केही महिना अघिमात्र विद्यावारिधी हासिल गरेका केरुङ धर्मगुरुसंग दर्शन भेट र आशिर्वादको लागि माङसेबुङ आएका हुन् ।





