
माङसेबुङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत इलाम २ मा नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङ २२ हजार ४ सय २२ मतसहित विजयी भएका छन् । तर, आधिकारिक घोषणा हुन बाँकी छ ।
भर्खरै सकिएको मतगणनामा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ४७ मत ल्याएका छन् । यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ३ सय ८८ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ७८२, नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत ल्याएका छन् ।








