
माङसेबुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ३५ हजार ७ सय ४१ मत ल्याएर निर्वाचित भएका छन् । साम्पाङ ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङ (सरिन) ले २७ हजार २ सय ४९ मत ल्याईन् ।
सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३ सय ३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।








