
माङसेबुङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ताप्लेजुङमा एमालेका क्षितिज थेबे १३ हजार ९६२ मतले विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ प्राप्त गरे ।
नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाउँदा श्रम सँस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाएका छन् ।








