कुम्मायकमा ३३ सदस्यीय श्रमदाता समिति गठन - Mangsebung News
  • बिहिबार, पुष १७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकमा ३३ सदस्यीय श्रमदाता समिति गठन

  • पदम सुखि सम्बाहाम्फे

कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा श्रम संस्कृति पार्टीले गाउँपालिका स्तरीय भेला तथा सङ्गठन बिस्तार कार्यक्रम बुधबार सम्पन्न गरेको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय सचीव तथा गायक ब्रविन शेर्माको प्रमुख आथित्यतामा साइमन लावतिको अध्यक्षता रहेको ३३ सदस्यीय श्रमदाता समिति समेत गठन भएको छ । त्यसैगरी उपाध्यक्ष नरेन्द्र सम्बाहाम्फे, देउकुमार लावति र आशिष देवान रहेका छन भने सचीवमा पुजन परियार सह सचिबमा हरिबहादुर शेर्मा र कोषाध्यक्ष दक्षिणा सम्बाहाम्फे सहकोषाध्य्क्ष मोतीराम सम्बाहाम्फे रहेका छन ।

गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नव निर्वाचित समितिलाइ पार्टीको बिधि बिधान र निर्देशन प्रति बफादार भएर काम गर्न केन्द्रिय श्रम सस्कृति पार्टीका सचिब तथा गायक ब्रबिन शेर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रकृति, सस्कृति र प्रविधि बिना अब मुलुकको बिकास हुन नसक्ने तर्क राख्दै कुम्मायक कुस्सायकको पवित्र देवस्थलको काखमा रहेको यो गाउँपालिकालाई भाषणमा मात्र होइन अव साच्चिकै श्रम गरेर पालिकालाई समृद्ध बनाउनु पर्नेमा उनले जोड दिए । स्वास्थ शिक्षा र रोजगार जस्ता यावत संबेदनसिल कुरामा यहाँ समस्या छ सबै समस्याहरु मिलेर हल गरौ । फुटेर होइन जुटेर श्रम सस्कृति पार्टीमा लामबद्व हौ, अब हर्कवादको श्रम सस्कृति पार्टीको भिजन र मिसनले मात्र मुलुक बन्ने बताउदै फागुनमा हुने भनिएको चुनावमा माटो चिन्हमा मतदान गर्न आग्रह सेर्माले गरे ।

श्रम सस्कृति पार्टी अर्थात हर्कवाद भित्र गहिरो समता मुलक दर्शनको खाका प्रतिबिम्बित हुदैछ , हामि सस्कृति, पहिचान, धर्म, सस्कार सस्कृति र राजनितीक दर्शनका पुस्तकहरु कैयौं घोक्यौ र पछि लाग्यौ तर व्यबहारमा उतार्न बिस्र्यौ, हामिले रगतले होइन पसिनाले देश सिन्चित गर्नुपर्छ भन्नेकुरा भुलेका थिएछौ, तसर्थ राजनीतिको नाममा अनेकन हकाधिकारमा सौदाबाजी गर्नु भन्दा पहिला ग्रामीण स्तरबाट आआफ्नो क्षेत्र र टोल बिकासको नाममा अघि नबढे सम्म देश भक्त नागरिक बन्न नसकिने श्रम सस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रवीण राई, समाजसेवी मणि आङ्देम्बे, सन्तोष मेन्याङ्बो, जिल्ला प्रवक्ता देवेन्द्र थाम्सुहाङ, लावाहाङ चेम्जोङ र बिश्वराज लावतिले बताए ।

बहुजाति मिलेर बसेको यो कुम्मायक गाउँपालिकाका आम जनताहरुले प्रकृति, सँस्कृति र प्रविधिसँग जोडिएर आफ्नो चेतनाको बिर्को खोल्दै पुराना दलहरुको हालिमुहालि गरि देशलाई कङ्गाल बनाउने पार्टी र ब्यक्तिको पछाडि नलाग्न समाजसेवी खिङसेमी सेर्माले बताए । आखिर असलि कम्युनिस्ट भित्रको बहुदलीय जनवाद र काङ्ग्रेस पार्टीले २००७ साल देखि अलाप्दै आएको समाजवादले ग्रामीण तहका जनस्तर र नेपालको भविष्य आज कहाँनेर पुर्याएकोछ भन्दै उनले प्रश्न गर्नुभयो ।

कुम्मायक गाउपालिका ३ साविक वडा नम्बर २ मा तामा र फलामको खानि भएपनि राज्यले आत्मनिर्भरताको चासो नदेखाएर बिकासको नाममा बिदेशी रिण कबोल्दै जनतालाई चिन्तित तुल्याएको समाजसेवी सुर्य दीप सम्बाहाम्फेले बताए ।

श्रम सस्कृति पार्टी नेपालको कुम्मायक गाउपालिका स्तरीय समिति गाठन कार्यक्रम समाजसेवी नेत्र सम्बाहाम्फेको अध्यक्षमा सम्पन्न भएको तेजेन्द्र चेम्जोङ होसन्नाले जानकारी दिए ।

सम्बन्धित खवर