चाउचाउ खाएर सुतेकी बालिकाको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चाउचाउ खाएर सुतेकी बालिकाको मृत्यु


भदौ ७, २०७६ जनकपुरधाम / चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ३ तेजनगरका शत्रुधन साहकी ६ वर्षीया छोरी काजल साहको मृत्यु भएको हो ।

शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी उनको शनिबार मृत्यु भएको आफन्तले जनाएका छन् । काजलसँगै चाउचाउ खाएर सुतेकी आमा पवित्रीदेवी साह र मृतकमा ४ वर्षीय भाइ राकेश साह सिकिस्त बिरामी परेका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाका अनुसार अनुसार दुवै विरामीको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । मृतक बालिका र सिकिस्त आमा–छोराले शुक्रबार साँझ घर नजिकैको पसलबाट ‘ज्याकपोट’ नामको चाउचाउ किनेर खाएका थिए ।

घटना विषयमा अनुसन्धान सुरु गरिएको र उक्त पसलमा बेच्न राखिएको कम्पनीको चाउचाउ परीक्षण लागि जनकपुर पठाई सकिएको प्रहरी निरीक्षक थापाले बताए । मृतक बालिकाको शवलाई स्थानीयले गाड्ने प्रयास गरेका थिए । तर, प्रहरीले शवलाई पोष्टमार्टका लागि जनकपुर प्रादेशिक अस्पताल पु¥याएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाको रहस्य बाहिर आउने प्रहरीको विश्वास छ ।

सम्बन्धित खवर