अनुसन्धान सकियो, रवि छुट्ने सम्भावना - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनुसन्धान सकियो, रवि छुट्ने सम्भावना

भदौ ८, २०७६ चितवन पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान सकिएको छ ।

चितवन जिल्ला अदालतले दोस्रो पटक थप गरेको ५ दिनको समय अवधिभित्रै प्रहरीले सवै अनुसन्धान सकाएको छ । विहान १० बजेपछि रविसहित तीनैजनालाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लैजादै छ ।

आज दास्रो पटक थप गरिएको समयको अन्तिम दिन । प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकीलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ । त्यसपछि आजै थुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए । थुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन् ।

देवकोटाका अनुसार अदालतले आजै वा भोलिमात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ । जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ । प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन् भने आरोपी अस्मिता कार्की तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनि भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलको कोठाभित्र गएको साउन २० गत्ते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मृत्यु अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि, युवराज र अस्मितालाई आरोप लगाएपछि उनिहरु तिनै जना साउन ३० गत्ते काठमाडौंबाट पक्राउ परेका थिए ।

सम्बन्धित खवर